सुनको मूल्य घट्यो : कतिमा हुदैँछ कारोबार ?

काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्य ९ सय रुपैँयाले घटेको छ । छापावाल सुन प्रतितोला ९ सय रुपैँयाले घटेर ९३ हजार ५ सय रुपैँया तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जुन अघिल्लो दिन प्रतितोला ९४ हजार ४ सय रुपैँयामा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९३ हजार रहेको छ । जसको मूल्य बुधबार प्रतितोला  ९३ हजार ९ सय रुपैँया थियो । त्यस्तै आज चाँदी अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैँयाले घटेर रु एक हजार २९० रुपैँया कायम भएको महासङ्घले जनाएको छ ।

सम्बन्धित खबर

सिफारिस