स्कुटर चोरी गरेको अभियोगमा एक पुरुष पक्राउ

बर्दिया – बढैयाताल गाउँपालिका-३ सिमरा बस्ने ३० वर्षीय बामदेब पौडेलको भे.१० प ६४८५ नम्बरको स्कुटर चोरी गरेको अभियोगमा सोही गाउँपालिका-५ हल्लन चोक बस्ने २८ वर्षीय शंकर परियारलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

बाँसगढी नगरपालिका-५ शान्ती मार्गटोल बस्ने बासुदेब पौडेलको घर अगाडि राखेको बामदेब पौडेलको मोटरसाइकल चोरी भएको भन्ने जानकारी प्राप्त हुनासाथ तत्काल ईलाका प्रहरी कार्यालय मोतिपुर बर्दियाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा बाँसगढी नगरपालिका-५ स्थित सालघारी सामुदायिक जंगल नजिकै परियारले उक्त मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा फेला पारी स्कुटर सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस