नेपालमा आज ८ हजारमा संक्रमण, १५ जनाको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौँ : पछिल्लो २४ घण्टामा देशभर २१ हजार ८०८ जनाको स्वाब परीक्षण गर्दा ८ हजार १७ जनामा कोरोना संक्रमण देखिएको छ। बुधबार २० हजार ३५९ जनाको स्वाब परीक्षण गर्दा आठ हजार ४५४ जनामा कोरोना पुष्टि भएको थियो।

आज संक्रमण पुष्टि भएकामध्ये १५ हजार ७३६ को पीसीआर परीक्षण गर्दा ५ हजार ८१६ जनामा र ६ हजार ७२ को एन्टिजन परीक्षण गर्दा २ हजार २०१ जनामा कोरोना देखिएको हो। आज कोरोनाबाट ज्यान गुमाउनेको संख्या भने बढेको छ। बुधबार ५ जनाको मृत्यु भएको थियो भने आज १५ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६८७ पुगेको छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा ५ हजार २९२ जना निको भएका छन्। योसँगै निको हुनेको संख्या पनि ८ लाख ३७ हजार ४ पुगेको छ। सक्रिय संक्रमित पनि ९० हजार ५७६ पुगेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस