काभ्रेमा आज ८६ जनामा संक्रमण, २ सय ५१ जना संक्रमणमुक्त
शुक्रबार, माघ १४, २०७८ | २२:२३:१७

काभ्रे : जिल्लामा आज ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा अहिले ५ सय ४६ जना महिला र ५ सय ६८ जना पुरुष गरी ११ सय १५ जना सक्रिय कोरोना संक्रमित रहेका छन ।
पछिल्लो २४ घन्टामा गरिएको १ सय ६४ वटा परीक्षणमा ८६ वटा रिपोर्ट पोजेटिभ आएको कार्यालयको जानकारी छ । योसंगै जिल्लामा कुल कोरोना संक्रमितको संख्या १७ हजार ६८ पुगेको छ ।
जिल्लामा आज २ सय ५१ जना संक्रमणमुक्त भएसंगै उपचारपछी संक्रमणमुक्त हुनेको संख्या १५ हजार ७ सय ५८ पुगेको कार्यालयको जानकारी छ । अहिलेसम्म जिल्लामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय ९५ पुगेको छ ।