काभ्रे कोरोना अपडेट : ५७ जनामा संक्रमण, १ सय ८४ जना संक्रमणमुक्त
शनिबार, माघ १५, २०७८ | १७:२९:५३
काभ्रे : जिल्लामा आज ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा अहिले ४ सय ७८ जना महिला र ५ सय १० जना पुरुष गरी ९ सय ८८ जना सक्रिय कोरोना संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा ७८ वटा पिसिआर र १९ वटा एन्टिजेन गरी कुल ९७ वटा परीक्षणमा ४४ वटा पिसिआर र १३ वटा एन्टिजेन गरी ५७ वटा रिपोर्ट पोजेटिभ आएको कार्यालयको जानकारी छ । योसँगै जिल्लामा कुल कोरोना संक्रमितको संख्या १७ हजार १ सय २५ पुगेको छ ।
त्यस्तै जिल्लामा आज १ सय ८४ जना संक्रमणमुक्त भएसँगै उपचारपछि संक्रमणमुक्त हुनेको संख्या १५ हजार ९ सय ४२ पुगेको छ । अहिलेसम्म काभ्रेका १ सय ९५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।