काभ्रेको चौंरीदेउरालीमा अक्जिसन प्लान्ट जडान कार्यको तिब्रता बढ्दै
काभ्रे : जिल्लाको चौंरीदेउराली गाउँपालिकामा निर्माण गरिएको अक्सिजन प्लान्ट जडानको कार्य तिब्र गतिमा अघि बढेको छ । पालिका अध्यक्ष गौतमले पालिकाका विभिन्न व्यापार व्यवसायमा आबद्ध, देश तथा विदेशमा रहेका चौरीदेउराली गाउँपालिकाका स्थानीय, शिक्षक, जनप्रतिनिधि, स्वास्थ्यकर्मी लगायतको सहयोगले प्लान्ट स्थापना गरिएको र छिट्टै उत्पादन हुने जानकारी दिए ।
शनिबार उक्त अक्सिजन प्लान्टको बागमती प्रदेश सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री बसुन्धरा हुमागाइले निरीक्षण गरेका छन् । मन्त्र हुमागाईले दुर्गम ठाउँमा अक्सिजन प्लान्ट जडान गरेर उत्पादन गर्नु आफैमा ठूलो उपलब्धी भएको बताउँदै उनले भने, ‘चौरीदेउरालीका जनाताले प्लान्ट सञ्चालनका लागि गरेको सहयोग अनुकरणीय छ । जनतासँग मिलेर गरेको काम दीर्घकालिन हुनेछ ।’
चौँरीदेउराली गाउँपालिका वडा नं ५ स्थित धुसेनी शिवालय प्राथमिक अस्पतालमा प्लान्ट जडान कार्य भइरहेको छ । अक्सिजन प्लान्ट स्थापनाका लागि पालिकाले जनप्रतिनिधि, कर्मचारी, शिक्षक, उद्योगी, व्यवसासी, बुद्धिजीवी र रोजगारीका सिलसिलामा विदेशमा रहेकाबाट रकम सङ्कलन अभियान अगाडि बढाएको थियो । प्लान्टबाट दैनिक २५ देखि ३० सम्म सिलिन्डर अक्सिजन भर्न सकिने जनाइएको छ ।