
४ सय रुपैँयाले घट्यो सुनको मूल्य
आइतबार, माघ १६, २०७८ | १२:२५:१४
काठमाडौँ : नेपालीमा बजारमा आज सुनको मूल्य ४ सय रुपैँयाले घटेको छ । अघिल्लो दिन प्रतितोला ९२ हजार ६ सय रुपैँयामा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला ४ सय रुपैँयाले घटेर ९२ हजार २ सय रुपैँया कायम भएको नेपा सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ७ सय रुपैँया तोकिएको छ । यसको मूल्य शुक्रबार प्रतितोला ९२ हजार १ सय रुपैँया तोकिएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैँयाले घटेर एक हजार २ सय ५० रुपैँया कायम भएको महासङ्घले जनाएको छ ।