कैलालीको एक होटलमा एक युवक मृत अवस्थामा भेटिए

कैलाली : कैलालीको एक युवक होटलमा मृत अवस्थामा भेटिएका छन् । गौरीगंगा नगरपालिका४ को राजीपुरमा रहेको गहतेगडा होटेलमा युवक मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले घोडाघोडी नगरपालिका-१ का अन्दाजी ३५ वर्षीय युवक साधन डाम मृत अवस्थामा फेला परेको जानकारी दिए।

उनका अनुसार डाम गत माघ ३ गतेदेखि सोही होटलमा बसिरहेका थिए । उनी बस्दै आएको होटलमा कोठामा शनिबार ओछ्यानमा घोप्टो परेको अवस्थामा मृत भेटिएकोबारे अनुसन्धान भइरहेको डीएसपी जोशीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस