बालकुमारी मूर्ति चोरीबारे सूचना दिने व्यक्तिलाई पाँच लाख रुपैयाँ पुरस्कार दिइने

ललितपुर : ललितपुरको सुनाकोठीस्थित बालकुमारी मूर्ति चोरीबारे सूचना दिने व्यक्तिलाई पाँच लाख रुपैयाँ पुरस्कार दिइने भएको छ । बालकुमारी भवानी गुठीले मूर्ति चोरीबारे सूचना दिने व्यक्तिलाई पाँच लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो ।

उक्त सूचना दिने व्यक्तिलाई प्रोत्साहनस्वरूप पाँच लाख रुपैयाँ पुरस्कार दिने  गएको शुक्रबार बसेको गुठी बैठकले निर्णय गरेको हो । गुठीले मूर्तिबारे कुनै सूचना वा जानकारी दिन मोबाइल नम्बर ९८८१२१७७८६ मा सम्पर्क गर्न आग्रह गरेको छ ।

गएको आइतबार बालकुमारी मन्दिरबाट मूर्ति चोरी भएको थियो । उक्त मूर्ति अहिलेसम्म भेटिएको छैन । मूर्ति खोजीकार्यमा महानगरीय प्रहरी परिसर ललितपुर र महानगरीय अपराध महाशाखाको टोली सक्रिय छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस