भन्सार छलि ल्याएको १ करोड ५० लाख बराबरको मदिरा बरामद  : ४ जना पक्राउ

काठमाडौँ : भन्सार छलेर ल्याएको करिव १ करोड ५० लाख बराबरको रेड लेबल, एब्सोल्युट भोड्का र ब्ल्याक लेबल बेचबिखन गरेको आरोप चार प्रहरीले जनालाई पक्राउ गरेको छ।

भन्सार छलेर ठूलो परिमाणमा महङ्गा मदिरा नेपाल भित्रिरहेको सूचनाका आधारमा प्रहरीले अप्रेसन सुरु गरेको थियो। सो क्रममा २९६ कार्टुन मदिरा सहित चार जनालाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा ३९ वर्षीय सन्तोष चन्द्र बाख्रेल, ३० वर्षका शैलेश पन्त, २८ वर्षका रविन पाख्रीन र ४० वर्षका नारायण प्रसाद घिमिरेलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी कृष्ण कोईरालाले जानकारी दिए। उनले उक्त मदिराहरु विशेषत पार्टी प्यालेशमा बिक्री बितरण हुने गरेको पाइएको कोइरालाले बताए।

उनका अनुसार  उनीहरुले बजार मूल्यभन्दा सस्तोमा मदिरा बेच्ने गरेको खुलेको प्रहरीले जनाएको छ। प्रहरीले मदिराको गुणस्तर परिक्षणका लागि खाद्य तथा गुण नियन्त्रण विभागमा नमुना पठाएको छ।

सम्बन्धित खबर

सिफारिस