काभ्रे कोरोना अपडेट : ६० जनामा संक्रमण, १७ जना संक्रमणमुक्त

काभ्रे : जिल्लामा आज ६० जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा आज १७ जना उपचारपछि संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा गरिएको ८५ वटा पिसिआर र ७१ वटा एन्टिजेन गरी कुल १ सय ५६ वटा परीक्षणमा २६ वटा पिसिआर र ३४ वटा एन्टिजेन गरी ६० वटा रिपोर्ट पोजेटिभ आएको कार्यालयको जानकारी छ । योसँगै जिल्लामा कुल कोरोना संक्रमितको संख्या १७ हजार १ सय ८५ पुगेको छ । जसमध्ये १५ हजार ९ सय ५९ जना उपचारपछि संक्रमणमुक्त भएका छन् ।

जिल्लामा अहिले ५ सय ७ जना महिला र ५ सय २४ जना पुरुष गरी १ हजार ३१ जना सक्रिय संक्रमित रहेका छन् । अहिलेसम्म काभ्रेका १ सय ९५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

सिफारिस