काभ्रेको मल्पीमा रहेको सुधार गृहमा एक किशोरको रहस्यमय मृत्यु

काभ्रे : काभ्रेको मल्पीमा रहेको  सुधार गृहमा एक किशोरको रहस्यमय मृत्यु भएको छ । जिल्लाको पनौती नगरपालिका वडा नं ८ मल्पी स्थित पिस होम पुनःस्थापना केन्द्रमा राखिएका मण्डनदेउपुर नगरपालिका वडा नं १० का १७ वर्षीय सुहोन श्रेष्ठ को मृत्यु भएको हो । बिरामी परेपछि उपचार गराउन अस्पताल ल्याउने क्रममा श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तर श्रेष्ठका आफन्तका अनुसार उनको कुटपिटका कारण मृत्यु भएको दाबी छ । यस विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख राजन कोइरालाले जानकारी दिए । उनका अनुसार मृतक श्रेष्ठको शव पोष्टमार्टमका लागि धुलिखेल अस्पताल लगिएको छ । पोष्टमार्टमपश्चात घटनाबारे बिस्तृत जानकारी प्राप्त हुने उनले बताए ।

सिफारिस

ताजा समाचार

लोकप्रिय