काभ्रेको प्रहरी इकाईहरुलाई सिडियो पाण्डे र एसपी जोशीले दिए निर्देशन

काभ्रे : जिल्लामा रहेका विभिन्न प्रहरी इकाईहरुलाई काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र जिल्लाा प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले निर्देशन दिएका छन् । स्थलगत निरिक्षण अभियानमा रहेको सिडिओ पाण्डे र एसपी जोशी सहितको टोलीले आइतबार भौगोलिक रुपमा दुरदराजमा रहेका प्रहरी ईकाइहरु प्रहरी चौकी कानपुर र पोखरीनारायणस्थानमा पुगेर निर्देशन दिएका हुन् ।
उक्त अनुगमन निरीक्षण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पाण्डेले जिल्ला मातहत प्रहरी ईकाइ र उक्त ईकाइहरुमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन सम्बोधन गर्ने क्रममा विश्वव्यापी महामारीको रुपमा रहेको कोभिडको यस विषम परिस्थितीमा समेत उच्च मनोबलका साथ आफ्नो जिम्मेवारीमा कर्तव्यनिष्ट भई कार्य सम्पादन गर्न, ग्रामीण भेगमा लुकेका अपराधहरु जस्तै लैङ्गिक हिंसा, जातिय छुवाछुत लगाएतका विभिन्न सामाजिक कुःप्रथाहरुलाई नजिकबाट नियालेर त्यस्ता घटनाका पीडित पक्षलाई कानूनी उपचारमा तदारुकता देखाउने, प्रहरी बस्ने ईकाइ र प्रहरी कर्मचारीहरुलाई सर्वप्रथम आफु स्वस्थ रहने अनि आफ्नो कार्यक्षेत्रका जनमानसलाई स्वस्थ रहन प्ररित गर्ने, अपराध अनुसन्धानको सिलसिलामा कानूनी अधिकार प्रयोग गर्न किञ्चित नडगमगाउने, राज्यबाट निर्दिष्ट कानुनको अधिनमा रही निष्पक्ष एवं पारदर्शी रुपमा जनमैत्री सेवा प्रवाह गर्ने, प्रहरी कुनै पनि प्रकारको दबाब, प्रभाव, करकाप एवं प्रलोभनमा नपरी ईमान्दारिता र निष्ठा पुर्वक आफ्नो जिम्मेवारी एवं कर्तव्य निर्वाह गर्ने, अबैधानिक र गैह्र कानूनी क्रियाकलापमा प्रहरी कदापी संलग्न नहुने भनि निर्देशन सम्बोधन गर्नु भई उक्त प्रहरी ईकाइ रहेको भुगोलकको वस्तुस्थितिको बारेमा समेत साक्षतकार गरेकी थिइन् ।
अनुगमन निरीक्षण तथा निर्देशन सम्बोधनको क्रममा मातहत ईकाइमा कार्यरत प्रहरी कर्मचारीहरुलाई प्रमुख जिल्ला अधिकारीबाट निर्दिष्ट निर्देशनको परिपालनामा कटिबद्ध रहने भनि प्रहरी कर्मचारीको तर्फबाट यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीले प्रतिबद्धता व्यक्त गर्दै समग्र जिल्लाको शान्ति सुरक्षा र अपराध अनुसन्धानको अवस्थितीलाई सुदृण गर्न हरेक प्रहरी कर्मचारीहरुलाई आ(आफ्नो स्थानबाट पदिय जिम्मेवारी ईमान्दारी पुर्वक निर्वाह गरी, गैह्र कानूनी क्रियाकलापमा संलग्न भई प्रहरी संगठनको छविमा आँच आउने प्रकृतिको कुनै पनि काम कारवाही नगर्न र स्थानिय सरकारसँगको सहयोग र सहकार्यमा समाजले प्रत्यक्ष अनुभुती गर्ने खालको नागरीक मैत्री सेवा प्रदान गरी, राज्यमा कानूनी शासनको परिपालना गर्न सम्मानित अदालतहरुबाट बिभिन्न कसूरमा दण्ड जरिवाना ठहर भई फरार रहेका प्रतिवादीहरुको खोजतलास गरी कानुनी दायरामा ल्याउने सक्रिय भई लाग्न हुन निर्देशन दिएका थिए ।