आज पनि घट्यो सुनको मूल्य : कतिमा हुदैँछ कारोबार ?

काठमाडौँ : नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला ४ सय रुपैँयाले घटेर ९१ हजार ८ सय रुपैँयामा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जुन अघिल्लो दिन प्रतितोला ९२ हजार २ सय रुपैँयामामा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैँया कायम भएको छ । जसको मूल्य हिजो आइतबार प्रतितोला ९१ हजार ७ सय रुयैँया तोकएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० रुपैँयाले घटेर एक हजार २४० रुपैँया कायम भएको महासङ्घले जनाएको छ ।

सम्बन्धित खबर

सिफारिस