अनलाइनमार्फत जुवा खेलाएको आरोप ७४ जना प्रहरी नियन्त्रणमा

काठमाडौं : अनलाइनमार्फत जुवा खेलाएको आरोप ७४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौंको र्बाद्धबाट उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौका अनुसार काठमाडौंको बौद्धस्थित प्लटिङ नजिक रहेको एक रेस्टुरेन्टमा जम्मा भएर अनलाइन बिंगो खेलिरहेको अवस्थामा उनीहरूलाई आइतबार साँझ पक्राउ गरिएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौका प्रवक्ता दिनेशराज मैनालीका अनुसार दोलखाका हाल बानेश्वर बस्र्दै आएका ३० वर्षीय सुवास घिसिङले सञ्चालन गरेको रेस्टुरेन्टमा ठूलो संख्यामा मानिसहरू भेला भएर अनलाइन बिंगो खेलिरहेको सूचना पाएपछि महानगरीय प्रहरी परिसर र प्रहरी वृत्त बौद्धबाट संयुक्तरुपमा खटिएको प्रहरीले टोलीले छापा मारी उनीहरूलाई पक्राउ गरेको हो ।
प्रवक्ता मैनालीका अनुसार उनीहरूको साथबाट मोबाइल, बिंगो खेलमा प्रयोग हुने कुपन र नगद नियन्त्रणमा लिइएको छ । पक्राउ पर्नेमा ६६ जना पुरुष र ८ जना महिला रहेका छन् । साथै, उनीहरूको साथबाट ६ लाख १८ हजार २५० रुपैयाँ समेत बरामद गरिएको छ ।