हात्तीको आक्रमणबाट वृद्धको मृत्यु
सोमबार, माघ १७, २०७८ | १२:२४:२६

झापा : हात्तीको आक्रमणबाट झापामा वृद्धको मृत्यु भएको छ । झापाको मेचिनगर –१३ चारआली बस्ने ७१ वर्षीय खम्बा सिंह कार्कीको हात्तीको आक्रमणबाट सोमबार बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
बिहान ३ बजे घर नजिकै आएको हात्तीलाई धपाउने क्रममा हात्तीले आक्रमण गर्दा घाइते कार्कीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कार्यालयका अनुसार हात्तीले कुल्चिँदा कार्कीको शरीरको भित्री भागमा गम्भीर चोट लाग्नुका साथै बायाँ खुट्टासमेत भाँचिएको थियो ।