अवैध सालको काठ सहित चालक पक्राउ
सोमबार, माघ १७, २०७८ | १२:४८:२४

कैलाली : कैलालीमा अवैध सालको काठसहित ट्याक्टर चालक पक्राउ परेका छन् । काठ तस्करीको आरोपमा सुर्खेतका चक्रबहादुर थापालाई ट्याक्टरसहित नियन्त्रण लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
कैलालीस्थित मोहन्याल गाउँपालिका-७ बडिगाउँस्थित सोल्टा चिसापानी सडकखण्डमा कसेनीबाट चिसापानीतर्फ आउँदै गरेको गर्दा भे १ त ६४७९ नम्बरको ट्याक्टरसहित चालक थापालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले ट्याक्टरबाट ७ फिटे कडी ४५ थान (२६.२५ क्यु.फिट) सालको काठ बरामद गरेको छ । हाल ट्याक्टर चालकलाई आवश्यक कारवाहीको लागि सब डिभिजन वन कार्यालय चिसापानी कैलाली पठाइएको प्रहरीले जनाएको छ ।