ट्राफिक चेकजाँचमा खटिएका दुई प्रहरीको गोली हानी हत्या
सोमबार, माघ १७, २०७८ | १४:४६:२०
पश्चिम जर्मनीमा गस्तीमा खटिएका दुई प्रहरीमाथि गोली हानी हत्या भएको छ। ट्राफिक जाँचको लागि गस्तीमा खटिएका दुई प्रहरी अधिकारीको स्थानीय समयअनुसार सोमबार बिहानै गोली हानी हत्या भएको हो।
पश्चिम जर्मनीको कुसेल क्षेत्रमा ट्राफिक जाँचमा खटिएका प्रहरीमाथि बिहान ४ बजेर २० मिनेटमा जाँदा कारमा सवार व्यक्तिले गोली प्रहार गरेको त्यहाँको प्रहरीले जनाएको छ। गोली हानेलगत्तै ती व्यक्ति फरार भएको र उनीहरुको खोजी भइरहेको समेत प्रहरीले जनाएको छ।
घटनाबारे अनुसन्धान अघि बढेको छ भने प्रहरीले कुसेल क्षेत्रका सवारी चालक र अन्य यात्रुहरुलाई जहाँको त्यहि खडा हुन निर्देशन दिएको गार्जियनमा खबर छ।