कोरोनाका कारण स्थगित परीक्षाहरू फागुनमा गर्नका लागि तयारी गर्दै त्रिवि
सोमबार, माघ १७, २०७८ | १५:००:५६
काठमाडौं : कोरोना कारण स्थगित भएका परीक्षाहरु फागुनमा गर्नको लागि त्रिभुवन विश्वविद्यालयले तयारी गरेको छ । परीक्षा सञ्चालनको विषयमा छलफल गरिरहेको २० गतेभित्रै सूचना प्रकाशन गर्ने गरी काम भइरहेको त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए ।
उनका अनुसार बुधबार डिनहरूसहितको परीक्षा सुधारको बैठक बुधबार राखेर स्थगित भएका परीक्षा सञ्चालनको विषयमा २० गते सूचना निकाल्छौं । आइतबार कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या बढी भएकोले सोमबार र मंगलबारको अवस्था हेरेर बुधबार निर्णय गर्ने त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।