काभ्रेमा आज ७३ जनामा संक्रमण, १ सय ३८ जना संक्रमणमुक्त

काभ्रे : जिल्लामा आज थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार काभ्रेमा आज १ सय ३८ जनाको उपचारपछि संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा गरिएको ५९ वटा पिसिआर र ३८ वटा एन्टिजेन गरी कुल ९७ वटा परीक्षणमा ५५ वटा पिसिआर र १८ वटा एन्टिजेन गरी ७३ वटा रिपोर्ट पोजेटिभ आएको कार्यालयको जानकारी छ । योसँगै जिल्लामा कुल कोरोना संक्रमितको संख्या १७ हजार २ सय ५८ पुगेको छ । जसमध्ये १६ हजार ९७ जना उपचारपछि संक्रमणमुक्त भएका छन् ।

जिल्लामा अहिले ४ सय ७१ जना महिला र ४ सय ९५ जना पुरुष गरी ९ सय ६६ जना सक्रिय संक्रमित रहेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा अहिलेसम्म १ सय ९५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस