स्कुटर अनियन्त्रित भई दुर्घटना हुदाँ एक जनाको मृत्यु
सोमबार, माघ १७, २०७८ | १७:३९:२२
कञ्चनपुर : स्कुटर अनियन्त्रित भई दुर्घटना हुदाँ कञ्चनपुरमा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का ४५ वर्षीय पुरन चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।
कार्यालयका अनुसार बिचपुरीबाट नौलाखेततर्फ जाने क्रममा चौधरी सवार से७प ७१४६ नं को स्कुटर अनियन्त्रित हुँदा दुर्घटना भएको हो । उनको उपचारका क्रममा गए राति महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रहरी निरीक्षक केशवराज भट्टले जानकारी दिए ।