कोरोना संक्रमणका कारण ८ जनाको मृत्यु
सोमबार, माघ १७, २०७८ | १७:४६:५०

काठमाडौं : पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणका कारण ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा थप ५ हजार २९२ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरि १६ हजार ८८ जनाको नमुना परीक्षण गर्दा यती संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
त्यस्तै पछिल्लो २४ घन्टामा थप ८ हजार १९१ जना संक्रमित कोरोनामुक्त भएका छन्। मन्त्रालयका अनुसार नेपालमा हाल ७९ हजार २७२ सक्रिय संक्रमित रहेका छन्।