पनौतीका १ सय ३५ कृषकलाई भैंसी सुत्केरी भत्ता वितरण

काभ्रे : जिल्लाको पनौती नगरपालिकाका १ सय ३५ कृषकलाई भैसी सुत्केरी भत्ता वितरण गरिएको छ । नगरपालिकाले आज एक कार्यक्रमको आयोजना गरी कृषकहरुलाई भैसी सुत्केरी भत्ता वितरण गरेको नगरको कृषि तथा पशुपन्छी शाखाले जनाएको छ ।

शाखाका अनुसार आ.व. २०७८/ ०७९ को भैसी सुत्केरी भत्ता दोस्रो किस्ता वापतको एक मोष्ट रकम छ लाख पैतिस हजार रुपौया नगरका १३५ जना कृषकहरुलाई वितरण गरिएको हो ।

पनौती नगरपालिका कृषि तथा पशुपन्छी शाखाको स्विकृत वार्षिक कार्यक्रम अनुसार भैसी आनुवांसिक संरक्षण कार्यक्रम मा भैसी सुत्केरी भत्ता वितरण कार्यक्रम पनौती नगरपालिका वडा नं २ र ३ मा वडा अध्यक्ष श्री किशोर थापाको अध्यक्षतामा, नगर प्रमूख भिम न्यौपानेको प्रमुख अतिथ्यता, नगर उप प्रमुख गिता बन्जारा, प्रमुख प्रशासकिय अधिकत प्रदीप पौडेल, वडा अध्यक्ष पुरुषोतम अधिकारीको आतिथ्यतामा, कृषि तथा पशुपन्छी शाखा प्रमूख मणिप्रसाद सापकोटा र वडानं २ र ३ का कृषकहरुको उपस्थीतीमा कृषकहरुलाई भैसी सुत्केरी भत्ता वितरण गरिएको थियो ।

सिफारिस

ताजा समाचार

लोकप्रिय