ट्राफिक प्रहरी काभ्रेद्वारा चालक, सहचालक तथा पैदल यात्रुहरुको निःशुल्क स्वास्थ्य परीक्षण
काभ्रे : जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले चालक , सहचालक तथा पैदल यात्रुहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । कार्यालयले सोमबार काभ्रेको बनेपा चारदोबाटोमा चालक , सहचालक तथा पैदल यात्रुहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरेको हो ।
ट्राफिक सचेतना कार्यक्रम अन्तर्गत चालकको स्वास्थ्य अवस्थाबाट हुने सवारी दुर्घटना न्यूनिकरणका लागि निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक प्रमिला श्रेष्ठले जानकारी दिइन । उनका अनुसार उक्त कार्यक्रम जिल्ला प्रहरी कार्यालय, धुलिखेल , जिल्ला ट्राफिक प्रहरी कार्यालय बनेपा, काभ्रे र बनेपा हल्थ कियर, बनेपाको सयुक्त आयोजनामा सञ्चालन गरिएको थियो ।
निःशुल्क स्वास्थ्य परीक्षणसँगै कार्यालयले कोरोना जाखिम न्यूनिकरणका लागि निःशुल्क मास्क पनि वितरण गरेको कार्यालयले जनाएको छ ।