कालो झणडा देखाएर सभामुख सापकोटालाई बनेपामा विरोध प्रदर्शन
मंगलबार, माघ १८, २०७८ | ११:५०:२६

काभ्रे : कालो झणडा देखाएर सभामुख अग्नि सापकोटालाई बनेपामा विरोध प्रदर्शन गरिएको छ ।
काभ्रेको बनेपाको बुडोलमा अनेरास्ववियु काभ्रेले सभामुख अग्नि प्रसाद सापकोटालाई कालो झण्डा देखाएर नाराबाजी सहित विरोध प्रर्दशन गरेका हुन । अनेरास्ववियु काभ्रेले आज बिहान ११ बजे बुडोलमा सभामुखको बाटो छेकेर कालो झण्डा देखाएका हुन।
प्रहरीले विद्यार्थीलाई पक्राउ गर्ने खोजे पनि सफल हुन सकेनन् । विद्यार्थीले प्रहरीको विरुद्ध पनि नाराबाजी गरेका थिए।