बिल बिनाको १३ केजी चाँदी सहित एक पुरुष पक्राउ

काठमाडौं : दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट बिल बिनाको करिब १३ केजी चाँदीको जस्तो देखिने सामान सहित बारा सिम्रौनगढ नगरपालिका-८ कचरुवा घर भएका ३८ वर्षीय रामा शंकर साहलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

बाराको कलैयाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ७२०८ नम्बरको टाटा सुमो गाडीमा प्रहरीले जाँच गर्ने क्रममा गाडीमा सवार साहलाई उक्त सामान सहित फेला पारी पक्राउ गरेको हो ।

 यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस