सुनको मूल्यमा सामान्य बृद्धि
मंगलबार, माघ १८, २०७८ | १४:१०:२४
काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य बृद्धि भएको छ । आज सुनको मूल्य १ सय रुपैँयाले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार सोमबार ९१ हजार आठ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार तोलामा एक सय रुपैयाँले बढेर ९१ हजार नौ सय रुपैयाँ कायम भएको छ।
तेजाबी सुनको मूल्य पनि तोलामा एक सय रुपैयाँले बढेर ९१ हजार चार सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
चाँदीको मूल्य भने सोमबारकै मूल्य कायम भएको महासङ्घले जनाएको छ। चाँदी तोलाको १२४० रुपैयाँ कायम भएको छ।