बेथानचोकका कृषकलाई मीनी टिलर मर्मत तालिम प्रदान गरिने

काभ्रे: जिल्लाको बेथानचोक गाउँपालिकामा मीनी टिलर मर्मत तालिम सञ्चालन हुने भएको छ । गाउँपालिकाका कृषकहरुलाई १२ दिने मीनी टिलर मर्मत तालिम प्रदान गरिने गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले आज एक सूचना प्रकाशित गर्दै तालिम प्रदान गरिने बारे जानकारी गराएको हो ।

प्रकाशित सूचनामा भनिएको छ, ‘पनौती प्राविधिक शिक्षालयको आ.व २०७८/७९को वार्षिक कार्यक्रम तथा बजेटमा विभिन्न व्यवसायको ९६ घण्टा (१२ दिन)को रोजगारम्ूलक तालिम सञ्चालन गर्ने कार्यक्रम अन्तर्गत यस गाउँपालिकाभित्रका कृषकहरुको लागि १२ दिने मीनी टिलर मर्मत तालिम सञ्चालन हुने भएकाले इच्छुक कृषक (हाते टिलर भएका कृषक मात्र) हरुले ७ दिन भित्र सम्बन्भित वडा कार्यालयमा निवेदन पेश गर्नुहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस