नेपालमा आज ५५ सय ८३ जनामा कोरोना संक्रमण

काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर थप ५५ सय ८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १७ हजार ६७४ जनाको नमुना परीक्षण भएको थियो ।

यस्तै पछिल्लो २४ घण्टामा संक्रमित हुने भन्दा निको हुने धेरै देखिएका छन् । अर्थात पछिल्लो २४ घण्टामा ८ हजार २६७ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमित ७४ हजार ६५३ जना रहेका छन् । सोही अवधिमा ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस