बेथानचोकका कृषकलाई व्यवसायिक बाख्रा, कुखुरापालन तथा तरकारी खेती तालिम

काभ्रे : जिल्लाको बेथानचोक गाउँपालिकाका कृषकलाई व्यवसायिक बाख्रा, कुखुरा पालन तथा तरकारी खेती तालिम प्रदान गरिएको छ । गाउँपालिकाको सबै वडाहरुमा व्यवसायिक बाख्रा, कुखुरा पालन र बेमौसमी तरकारी खेती तालिम संचालन गरिएको गाउँपालिकाले जनाएको छ ।

सोमबार बेथानचोक १ च्याम्राङ्बेशीबाट तालिमको शुभारम्भ गरिएको हो । गरीबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रम अन्तर्गत नयाँ लघु उद्यमि सिर्जना गर्ने उदेश्यका साथ बेथानचोक गाउँपालिका लघु उद्यम विकास शाखाको आयोजनामा व्यवसायिक बाख्रा, कुखुरा पालन र बेमौसमी तरकारी खेती तालिम संचालन गरिएको हो ।

गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिना प्रमुख आतिथ्यता सञ्चालन गरिएको तालिम कार्यक्रम लघु उद्यम विकास शाखाकी अम्बिका खरेलले संचालन गरेकी थिइन् । व्यवसायिक बाख्रा , कुखुरा पालन र बेमौसमी तरकारी खेती तालिमपछि नयाँ उद्यमि सिर्जना भइ उद्यमशिलता बढ्ने बिश्वास लिइएको गाउँपालिका अध्यक्ष तिमल्सिनाले बताए । तालिममा उद्यमि बन्न इच्छुक कृषकहरुको उपस्थिती रहेको छ भने तालिम बिहिबारसम्म संचालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस