भारतमा एकै दिन १ हजार ७३३ जनाको कोरोना संक्रमणका कारण मृत्यु
बुधबार, माघ १९, २०७८ | ११:१४:०७
भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ हजार ७३३ जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या पाँच लाख नजिक पुगेको छ। अहिलेसम्म ४ लाख ९७ हजार ९७५ जनाको कोरोनाका कारण मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ लाख ६१ हजार ३८६ जनामा संक्रमण देखिएको छ। एक दिनमा २ लाख ८१ हजार १०९ जनामा कोरोना संक्रमणमुक्त भएका छन् ।