कालीदेवी प्रा.विका विद्यार्थीलाई न्यानो कपडा वितरण

काभ्रे : जिल्लाको भुम्लु गाउँपालिका वडा नं २ स्थित सिम्थली स्थित कालीदेवी प्राथमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । विद्यालयको वार्षिक उत्सव कार्यक्रम विद्यार्थी हरुलाइ न्यानो कपडा स्विटर तथा शैक्षिक सामग्री वितरण सोमबार गरिएको हो ।

समाजसेवी एवं विद्यालयको पूर्व अध्यक्ष राम थापाको पहलमा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको हो ।  नेकपा माओवादी केन्द्र भुम्लु गाउँपालिका पार्टी कमिटीको अध्यक्ष बृहद भुजेल सहितको टिमको पहलमा उक्त विद्यालयमा बालबालिकालाई न्यानो कपडा वितरण गरिएको हो। बालबालिकालाई न्यनो कपडा स्विटर र कापी, कलम लगायतका शैक्षिक सामाग्री हस्तान्तरण गरिएको अध्यक्ष भुजेलले जानकारी दिए ।

न्यानो कपडा वितरणसँगै शैक्षिक गुणस्तरको बारे शिक्षक शिक्षिका विद्यालय व्यवस्थापन समिती लगायत बुद्धिजीवी शिक्षा प्रेमि लगायतका अबिभावक संग अन्तरकृयात्मक छलफल समेत गरिएको उनले बताए । विद्यालयको शैक्षिक अवस्था विकास गर्न र बालबालिकाहरुको शिक्षण वृद्धि गर्न समेत छलफल गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस