देशभर आज ३ हजार ६३७ जनामा कोरोना सङ्क्रमण

काठमाडौँ : पछिल्लो २४ घण्टामा देशभर ११ हजार ५८२ जनाको स्वाब परीक्षण गर्दा ३ हजार ६३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। आज संक्रमण पुष्टि भएकामध्ये ६ हजार ४९९ पीसीआर परीक्षण गर्दा २ हजार २०५ जनामा र ५ हजार ८३ जनाको एन्टिजन परीक्षण गर्दा एक हजार ४३२ जनामा कोरोना पुष्टि भएको हो।

आज कोरोनाबाट १२ जनाको मृत्यु भएको छ। मंगलबार नौ जनाको मृत्यु भएको थियो। योसँगै मृत्यु हुनेको सङ्ख्या ११ हजार ७६४ पुगेको छ। पछिल्लो २४ घण्टामा सात हजार ५५५ जना निको भएका छन्। योसँगै निको हुनेको संख्या पनि ८ लाख ७८ हजार ७२० पुगेको छ।

सिफारिस