
काभ्रेमा आज एकैदिन ३ सय १५ जना संक्रमणमुक्त

काभ्रे : केही दिन यता काभ्रेमा कोरोना संक्रमणमुक्त हुनेको संख्या बृद्धि भएको छ । आज मात्रै जिल्लामा ३ सय १५ जना उपचारपछि संक्रमणमुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार जिल्लामा आज २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा गरिएको ६५ वटा पिसिआर र ११ वटा एन्टिजेन गरी ७६ परीक्षणमा २२ वटा पिसिआर र ६ वटा एन्टिजेन गरी २८ जनाको रिपोर्ट पोजेटिभ आएको कार्यालयको जानाकरी छ । कार्यालयका अनुसार योसँगै जिल्लामा कुल कोरोना संक्रमितको संख्या १७ हजार ३ सय ४९ पुगेको छ । जसमध्ये १६ हजार ५ सय ३४ जना उपचारपछि संक्रमणमुक्त भएका छन् ।
जिल्लामा अहिले २ सय ९२ जना महिला र ३ सय २८ जना परुष गरी ६ सय २० जना सक्रिय कोरोना संक्रमित रहेको कार्यालयको जानाकरी छ । जिल्लामा अहिलेसम्म १ सय ९५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।