बेथानचोकको डाँडामा राष्ट्रिय झण्डा

काभ्रे : जिल्लाको बेथानचोक गाउँपालिका वडा नं ३ स्थित गजरामको थुम्का अर्थात् झण्डा गाडेडाँडामा नेपालको राष्ट्रिय झण्डा राखिएको छ ।
बेथानचोक गाउँपालिकाले विनियोजन गरेको १ लाख बजेटबाट नेपालको राष्ट्रिय झण्डा राखिएको पर्यटन व्यवसायी कमल प्रसाद नेपालले जानकारी दिए । उनका अनुसार बाँकी रहेको रकमले क्याम्प ग्राउण्ड निर्माण साथै गजराम थुम्कासम्म पुग्ने बाटो मर्मत गरिने योजना बनाइएको छ । राष्ट्रिय झण्डा भने बेथानचोक गाउँपालिका वडा नम्बर ३ थलिडाँडा घर भइ हाल काठमाडौं बस्दै आएका छविलाल तिमिल्सिनाले प्रदान गरेका थिए ।
राष्ट्रिय झण्डाले त्यस भेगको पर्यटन प्रवर्द्धनमा थप मद्दत पुग्ने व्यवसायी नेपालले बताए। झण्डा राखिएको ठाउँ समुन्द्री सतहबाट ३ हजारको मिटर उचाईमा छ ।यो ठाउँ बेथानचोक नारायणस्थान भन्दा पूर्व पट्टिको डाँडा हो । यहाँबाट पनि नारायण स्थानकै जस्तो दृश्यावलोकन गर्न सकिन्छ ।