५ सय रुपैयाँले बढ्यो सुनको मूल्य
बिहिबार, माघ २०, २०७८ | ११:४९:१६
काठमाडौं : नेपाली बजारमा आज सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। जसको मूल्य अघिल्लो दिन ९२ हजार २ सय रुपैयाँमा तोकिएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार २ सय रुपैँया कायम भएको छ । जसको मूल्य बुधबार प्रतितोला ९१ हजार ७ सय रुपैँया तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला एक हजार २ सय ५५ रुपैँया कायम भएको महासङ्घले जनाएको छ ।