लागू औषध मुद्धामा फरार रहेका काभ्रे रोशीका सन्त बहादुर ७ वर्षपछि पक्राउ

काभ्रे : लागू औषध मुद्धामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । लागू औषध मुद्धामा फरार रहेका जिल्लाको रोशी गाउँपालिका वडा नं ११ का सन्तोष भन्ने सन्त बहादुर रुचाल मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
लागू औषध मुद्धामा फरार रहेको सन्त बहादुरलाई प्रहरीले माघ १८ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी हरि खतिवडाले जानकारी दिए । उनका अनुसार उनलाई लागू औषध मुद्धामा जिल्ला अदाल भक्तपुरले २०७१ फाल्गुण १९ गते १ वर्ष ९ महिना ६ दिन कैद र १ लाख रुपैँया जरिवाना सजायको फैसला सुनाएको थियो ।
अदालतको फैसलापश्चात फरार भएका सन्त बहादुर प्रहरीले माघ १८ गते बनेपाबाट पक्राउ गरेको कार्यालयका सूचना अधिकारी खतिवडाले बताए । पक्राउ परेका सन्त बहादुरलाई फैसला कार्यन्वयनको लागि जिल्ला अदालत काभ्रेपलाञ्चोकमा पेश गरिएको प्रहरीले जनाएको छ ।