आज दिनभर पानी पर्ने

काठमाडौँ : गएरातिदेखि देशभर पानी परि रहेको छ । त्यस्तै उच्च पहाडी र हिमाली क्षेत्रमा भने हिमपात भएको छ । काठमाडौँ उपत्यकामा पनि गएरातिदेखि मेघगर्जन र चट्याङ्गसहित पानी परेको छ । बिहानीपख आकाश खुलेर एकछिन घाम लागे पनि फेरि आकाशमा डम्म बादल लागेको छ ।

मौसमविद् राजु प्रधानाङ्गका अनुसार आज दिनभर काठमाडौँ उपत्यका र देशका धेरै ठाउँमा पानी पर्ने र रोकिने क्रम चलिरहनेछ । भोलिदेखि पश्चिमी क्षेत्रबाट मौसममा सुधार हुन थाल्ने उहाँको भनाइ छ । पर्सि आइतवारदेखि मात्रै मौसममा सुधार आउने मौसमविद् प्रधानाङ्गले जानकारी दिए ।

सिफारिस

ताजा समाचार

लोकप्रिय