
पाँचखालको बालुवा स्वास्थ केन्द्रमा स्वास्थ्य बीमाको सेवा सुचारु

काभ्रे : जिल्लाको पाँचखाल नगरपालिका स्थित बालुवा स्वास्थ केन्द्रमा स्वास्थ्य बीमाको सेवा सुचारु गरिएको छ । पाँचखाल नगरपालिका वडा नम्बर १० रानिपानीडाँडामा धुलिखेल अस्पतालले सञ्चालन गरेको बालुवा स्वास्थ केन्द्रले स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको सेवा दिन सुचारु गरिएको हो ।
बिहान ९ बजे देखि दिउँसो ४ बजेसम्म बीमाका बिरामीले उपचार गर्न र औषधी लिन पाईनेछ । अन्य समय, शनिबार र बिदाका दिनहरुमा इमर्जेन्सी सेवा मात्र उपलब्ध हुने स्वास्थ्य केन्द्रले जनाएको छ । उपचार गर्न तथा औषधी लिन जाँदा स्वास्थ्य बीमाको कार्ड र डाक्टरलाई जचाएको पुरानो पुर्जा अनिवार्य साथैमा लिएर आउन स्वास्थ्य केन्द्रले अनुरोध गरेको छ ।
नेपाल सरकारद्वारा सञ्चालित स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत पर्ने सेवाहरु माघ महिनाबाट सुरु गरिएको स्वास्थ्य केन्द्रले जनाएको छ । दीर्घ रोगहरुको नियमित सेवन गर्नुपर्ने सबै औषधीहरु उपलब्ध भइनसकेको हुँदा आफुले सेवन गर्नु पर्ने औषधी उपलब्ध भए नभएको जानकारी लिइ स्वास्थ्य केन्द्रमा जानु अघि नै ९८०१००२२२८ नम्बरमा फोन गरेर सोध्न भनिएको छ ।