सुनको मूल्यमा सामान्य गिरावट
शुक्रबार, माघ २१, २०७८ | १३:१५:३०
काठमाडौँ : नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सुनको मूल्य प्रतितोला २ सय रुपैँयाले घटेर ९२ हजार ५ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जसको मूल्य अघिल्लो दिन प्रतितोला ९२ हजार ७ सय रुपैँया तोकिएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार कायम भएको छ । जसको मूल्य बिहीबार प्रतितोला ९२ हजार २ सय रुपैँया तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपैँयाले घटेर एक हजार २५५ रुपैँया कायम भएको महासङ्घले जनाएको छ ।