हिउँले सेताम्मै बेथानचोक (फोटो फिचर)

काभ्रे : उसै त प्राकृतिक सौन्दर्यले भरिपूर्ण काभ्रेको बेथानचोक । आज  बिहान ३ बजेदेखि सुरु भएको हिमपातले यहाँको सौन्दर्यमा सुन्दरता थपिदिएको छ । सेता हिउँले बेथानचोकका उच्च पहाडी भेगहरु सेताम्मे देखिएका छन् ।

गाउँपालिकाको हर्कभञ्याङ, सिर्थली, चोरण्डे, कामीखोरिया लगायतका बस्तीहरु बेथानचोक नारायणस्थान, गजराम पर्वत जस्ता उच्च भेगमा हिमपात भइरहेको छ । हिउँले सेताम्मे देखिएका डाँडाले पर्यटकलाई आर्कषित बनाएको छ । हिम्मात सुरु भएसँगै यहाँको दृश्य अवलोकन गर्नका लागि विभिन्न स्थानबाट पर्यटकहरु आइरहेका छन् ।

बेथानचोकमा यस वर्षको दोस्रो हिमपात हो । हिमपात सुरुभएसँगै बाली राम्रो हुने भएकाले कृषकहरु खुशी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस