हत्या गरेको अभियोगमा २ जना पक्राउ

कपिलवस्तु : यसोधरा गाउँपालिका-८ सिहंखोर बस्ने २० वर्षीया रहिसुन निसाको हत्या गरेको अभियोगमा २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने रहिसुनकै श्रीमान २२ वर्षीय महम्मद नसिम अलिभाट र मृतककै ससुरा ५० वर्षीय  अब्बास अलिभाट रहेका छन् । उनीहरुले रहिसुनलाई झुण्डाएर हत्या गरी शव गाडेर सतगत गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस