काभ्रे प्रशसानले स्थानीय तहलाई बार अनुसार सेवा प्रवाह गर्ने

काभ्रे : जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले स्थानीय तहलाई बार अनुसार सेवा प्रवाह गर्ने भएको छ । काभ्रेका १३ वटा स्थानीय तहलाई कार्यालयले बार अनुसार सेवा प्रवाह गर्ने बारे जानकारी गराएको छ ।

विश्वव्यापी रुपमा फैलिरहेको काभिड–१९को नयाँ भेरियन्टको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै माघ २३ गतेबाट लागू हुनेगरी समय तालिका हेरफेर गरिएको कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवारले जानकारी दिए ।

अर्को व्यवस्था नभएसम्मका लागि धुलिखेल नगरपालिका र रोशी गाउँपालिकालाई आइतबार, बनेपा नगरपालिका र चौंरीदेउराली गाउँपालिकालाई सोमबार, पनौती नगरपालिका र बेथानचोक गाउँपालिकालाई मंगलबार,  पाँचखाल नगरपालिका र तेमाल गाउँपालिकालाई बुधबार, मण्डनदेउपुर नगरपालिका र भुम्लु गाउँपालिकालाई बिहीबार र नमोबुद्ध नगरपालिका र खानीखोला गाउँपालिकालाई शुक्रबार समय तालिका निर्धारण गरिएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार जिल्लाकाको महाभारत गाउँपालिकाको सेवा प्रवाह इलाका प्रशासन कार्यालय देविटारबाट हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस