काभ्रे कोरोना अपडेट : १४ जनामा कोरोना संक्रमण, १ सय ४६ जना संक्रमणमुक्त

काभ्रे : जिल्लामा आज १४ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । कार्यालयका अनुसार काभ्रेमा आज १ सय ४६ जना उपचारपछि संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा गरिएको ३७ वटा पिसिआर र ११ वटा एन्टिजेन गरी ४८ वटा परीक्षणमा १० वटा पिसिआर र ४ वटा एन्टिजेन गरी १४ वटा रिपोर्ट पोजेटिभ आएको कार्यालयको जानकारी छ । योसँगै जिल्लामा कुल कोरोना संक्रमितको संख्या १७ हजार ३ सय ८४ पुगेको छ । जसमध्ये १६ हजार ७ सय ८६ जना उपचारपछि संक्रमणमुक्त भइसकेका छन् ।

जिल्लामा अहिले १ सय ९५ जना महिला र २ सय ८ जना पुरुष गरी ४ सय ३ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । जिल्लामा अहिलेसम्म १ सय ९५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

सिफारिस