वर्षाले पनौती मकर मेलाको स्नान स्थलमा क्षति
शनिबार, माघ २२, २०७८ | १७:१४:३८

काभ्रे : बिहीबार रातीदेखि परेको पानीले काभ्रेको पनौतीमा जारी १२ वर्षे मकर मेला प्रभावित भएको छ । बिहीबार र शुक्रबार भएको वर्षाको कारण पनौती मकर मेलाको स्नान स्थलमा क्षति पुगेको छ । वर्षाका कारण स्नानका लागी बनाइएको स्थल क्षतविक्षत भएको थियो ।
स्नान स्थलमा बाढी पस्दा त्यहाँका संरचनामा क्षति पु¥याएको थियो । तर शुक्रबार बेलुका नै स्नान स्थललाइ पुन : ममर्त संभार गरेर फोहोर पानीलाइ सफा गरेर स्नान गर्न सकिने बनाइएको नगरपालिकाका प्रमुख भिम न्यौपानेले जानकारी दिए ।
मकर सङ्क्रान्तिबाट सुरु भएको मकर मेलाको आज २२ औँ दिन हो । आज शनिबार भएकाले पनि मन्दिर तथा मेलामा भक्तजनहरुको बाक्लो उपस्थिती रहेको जनाइएको छ । मकर मेलाका लागि नेपालका मात्र नभई उत्तर भारत प्रयागबाट समेत तीर्थालु आउने गर्छन् । मेला माघ महिनाभर सञ्चालन हुनेछ ।