इन्द्रको अध्यक्षयतामा पाँचखालमा अखिल नेपाल राष्ट्रिय खेलकुद महासंघ गठन

काभ्रे : जिल्लाको पाँचखाल नगरपालिकामा अखिल नेपाल राष्ट्रिय खेलकुद महासंघ गठन गरिएको छ । बागमती प्रदेशका खेलकुद मन्त्री रत्न ढकालको प्रमुख आतिथ्यतामा शनिबार भएको सम्मेलनले इन्द्र तामाङको अध्यक्षतामा नगर स्तरीय महासंघ गठन गरेको हो ।

मन्त्री ढकालले स्वस्थ जीवनका लागि खेलकुद अति आवश्यक रहेको भन्दै आफ्नो दैनिक कार्यतालिकामा खेलकुदलाई राख्नु पर्नेमा जोड दिएका छन । सम्मेलनले राममणि काफ्ले इन्चार्ज र इन्द्र तामाङलाई अध्यक्षको जिम्मेवारी तोकेको छ । २३ सदस्यीय पाँचखाल नगर कमिटी गठन भएको छ । मन्त्री ढकालले प्रदेश सरकार खेलकुदको क्षेत्रलाई ब्यवस्थित र थप ब्यापक बनाउन तत्पर रहेको बताएका छन ।

सम्बन्धित खबर

सिफारिस