
कृपा बनिन् ‘सारेगमप लिटिल च्याम्प्स नेपाल’को बिजेता
आइतबार, माघ २३, २०७८ | ८:३३:१८

काठमाडौं : सारेगमप लिटिल च्याम्प्स नेपाल पहिलो सिजनको बिजेता कृपा पौडेल भएकी छन्। आइतबार बिहान २ बजे भएको घोषणा भएको प्रतियोगितामा उनी दर्शकरश्रोताको भोटिङको आधारमा विजेता घोषित भएकी हुन्।
प्रतियोगितामा दावेदार मानिएका आदित्य विश्वकर्मा सेकेन्ड रनर अप र रोशा फुयाल फस्ट रनर अप भए। अभिज्ञा घिमिरे र अरुण सुनार टप फाइभ भित्र पर्न सफल भए ।