मौसममा सुधार भएसंगै बेथानचाेकमा पर्यटकीय चहलपहल सुरू

काभ्रे : आजबाट मौसममा सुधार भएको छ । मौसममा सुधार भएकोसंगै काभ्रेको पर्यटकीय गन्तव्यकाे रूपमा परिचित बेथानचाेकमा पर्यटकीय चहलपहल सुरू भएको छ ।

बेथानचोकमा लगातार दुई दिनदेखिको वर्षा र हिमपातका कारण राेकिएको पर्यटकीय चहलपहल आजबाट सुरू भएको पर्यटन व्यवसायी कमल प्रसाद नेपालले जानकारी दिए । उनका अनुसार हिउँ परेका ठाउँहरुमा अहिले घाम लागेको छ ।

गाउँपालिकाको तल्लो भेगमा घाम लागेर पर्यटकिय चहलपहल सुरु भएपनी हर्कभञ्याङ, सिर्थली, चोरण्डे, कामीखोरिया लगायतका बस्तीहरु बेथानचोक नारायणस्थान, गजराम पर्वत जस्ता उच्च भेगमाहरुमा हितपातका कारण जनजीवन अझै सामान्य हुन नसकेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खबर

सिफारिस