कोरोना संक्रमणको जोखिम बढेपछि कैदीबन्दीसँगको भेटघाट बन्द

डाेटी : कोरोना सङ्क्रमणको जिखिमका कारण बढेपछि डोटीमा कारागार प्रशासनले कारागारमा रहेका कैदीबन्दीसँगको भेटघाटलाई बन्द गरेको छ । कैदीबन्दीसँग भेटघाट गर्दा भिड बढ्ने तथा कोरोना सङ्क्रमण फैलिने जोखिमलाई मध्यनजर गर्दै कैदीबन्दीसँगको भेटघाट बन्द गरिएको कारागार प्रशासनले जनाएको छ ।

कामका लागि भारत गएका यहाँका नागरिकहरु अहिले घर फर्किने क्रम बढेपछि उनीहरुबाट कोरोना सङ्क्रमण भित्रिएको चिकित्सकहरु बताउँछन् । कैदीका आफन्तसँगको भेटघाटबाट कारागारमा रहेका कैदीबन्दीलाई कोरोना सर्न सक्ने र जोखिम हुने भन्दै भेटघाट बन्द गरिएको कारागार कार्यालयका प्रमुख लालबहादुर बोगटीले बताए।

भेटघाट बन्दसँगै बाहिरबाट कोरोना परीक्षण नगरी ल्याइने कैदीबन्दीलाई समेत रोक लगाइएको उनको भनाइ छ । कारागार प्रशासनले जिल्ला अदालतबाट कारागार चलान गरेका कैदीबन्दीको पनि कोरोना परीक्षण गरेर मात्र राख्ने गरेको छ । कारागार प्रशासनले जिल्ला अदालतबाट पठाइएका कैदीबन्दीलाई आउनेबित्तिकै १५ दिन छुट्टै क्वरेन्टिनमा राख्ने व्यवस्था मिलाएको छ ।

सिफारिस

ताजा समाचार

लोकप्रिय