भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या पाँच लाख नाघ्यो

कोभिडबाट भारतमा मुत्यु हुनेको संख्या ५ लाख नाघेको छ । शनिबार भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले यस्तो जानकारी दिएको हो । मन्त्रालयका अनुसार भारतमा कोभिडबाट ज्यान गुमाउनेको संख्या ५ लाख १ हजार ११४ जना पुगेको हो । शनिबार मात्र यहाँ कोभिडबाट १ हजार ५९ जनाको ज्यान गएको छ । केही हप्ता यता संक्रमण संख्यामा कमी आए पनि मृत्युदर भने घटेको छैन ।

शनिबार मात्र १ लाख २७ हजार जनामा कोभिडको संक्रमण पाइएको छ । अधिकारीहरुले अहिलेसम्म भारतमा कोभिड १९ बाट ४ करोड २० हजारभन्दा बढी व्यक्ति संक्रमित भइसकेका छन् । भारतमा पछिल्लो समयमा ओमिक्रोन संक्रमण बढेको छ । तर यहाँ यसअघिको दोस्रो वेभ डेल्टा भाइरसको संक्रमणको समयमा भन्दा बढी खतरनाक अवस्था भने रहेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिफारिस